श्रीकृष्ण जन्माष्टमीमा गर्नैपर्छ यी 5 काम – नत्र के ब्रतको के अर्थ

श्रीकृष्ण जन्माष्टमीमा गर्नैपर्छ यी 5 काम

हिन्दी संस्कारको निकै दयालु मायालु भगवान भनेर श्री कृष्ण लाई चिनिन्छ । पृथ्वीमा अधर्मको नाश गर्न र धर्मको पुनर्स्थापना गर्न भगवान विष्णुले आठौं अवतारको रुपमा श्रीकृष्ण लाई पृथ्वीमा पठाउनुभएको थियो भन्ने मानिन्छ। यस दिनमा श्रीकृष्ण भगवान पृथ्वीमा जन्म लिएको मानिन्छ। यस दिनमा भक्तजनहरूले व्रत, पूजा ,भजन किर्तन, धार्मिक कार्यक्रम आदि कामहरु गर्दै मनाउने गरेको पनि पाइन्छ ।

भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथिमा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ ।

श्री कृष्ण जन्माष्टमीमा गर्नुपर्ने मुख्य पाँचवटा महत्त्वपूर्ण कार्यहरू:

१. व्रत बस्ने

बिहान सबेरै उठेर आफ्नो शरीर नुहाइसकेपछि श्रीकृष्ण भगवानको पूजा आराधना गर्दै व्रत बस्ने गरिन्छ उक्त दिन श्रद्धालुहरुले जुठो भोजन नखाई रातिको १२ बजेसम्म बस्ने गरेको पाइन्छ। व्रत बस्नाले म शरीर र मन शुद्ध हुन्छ। व्रत बस्नाले आत्मा अनुसार पनि सिकाउँछ र भगवानप्रति पूर्ण रुपमा आस्थाग्रत हुन मद्दत गर्दछ।

२. भजन कृतन गर्ने:

भजन किर्तन प्रायजसो बिहान सबेरै अथवा बेलुकी घाम अस्थायी सकेपछि सुरु गरिन्छ व्रत बसेको व्यक्तिले भजन किर्तन गर्दा एक चित्त भएर मानसिक शान्ति प्राप्त गर्न मद्दत पुर्याउने मानिन्छ। भजन किर्तन गर्दा भगवानको मूर्तिको सामु बसी सम्पूर्ण ध्यान भगवानमा केन्द्रित गरी भगवानको गीत गाए नाच्ने रमाउने गरेको पाइन्छ।

३. श्रीकृष्णको पूजा र आरती

व्रत बसेको मान्छेले श्रीकृष्ण भगवानको पूजा र आरती पनि गर्नुपर्दछ। पूजा आरती गर्दा तुलसीपत्र ,फलफुल ,दूध ,दही, दूध दीप र श्रीकृष्णको मूर्ति राखी पूजा गरिन्छ । श्रीकृष्णको पूजा र आरतीले श्रीकृष्णप्रति भक्तिको भावना बलियो बनाउँछ। आरती र पूजा प्राय बिहान र बेलुका गरिन्छ।

४. श्रीकृष्णको बाललीला कथा सुन्ने र पढ्ने

श्रीकृष्ण जन्माष्टमीमा विभिन्न सामाजिक सञ्जाल लगायत टिभी तथा अन्य उपकरणहरूमा पनि अथवा स्वयं किताब अथवा गुरु बाट श्रीकृष्णको कथाहरू सुन्न र पढ्न सकिन्छ। कथा सुन्ने कार्य घरमा अथवा मन्दिरमा जहाँ पनि हुनसक्छ । यस्तो कथाहरू सुन्नाले भगवानको जीवन र शिक्षाहरूप्रतिको ज्ञान प्राप्त हुन्छ। यसले धर्मप्रतिको आस्था बढाउँछ।

५. धार्मिक कार्यक्रममा सहभागी हुने

श्री कृष्ण जन्माष्टमीका अवसरमा विभिन्न क्षेत्रहरूमा धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छ । यस्ता कार्यक्रमहरूमा सहभागी हुँदा भजनकीर्तन पूजाआरती बाललीलाक कथा वाचन आदि सबै कार्य हुने भएको हुँदा धार्मिक कार्यक्रममा सहभागी हुनु एकदमै फाइदाजनक मानिन्छ। यस्ता कार्यक्रममा सहभागी हुँदा धर्मप्रतिको आस्था बढी सामुदायिक भावना एकता र भाइचारा पनि बढ्दछ।

श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मावलम्बीहरूको लागि एकदमै महत्वपूर्ण चाड हो। यो चाड प्राय भारत र नेपालमा मनाउँदै आइएको छ वर्तमान अवस्थामा भने विदेशमा पनि यसको महत्व बढ्दो भएको आभास गर्न सकिन्छ।

जय श्री कृष्ण

लेखक चेतन गौतम

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *