YouTube मा हेरी आफैले बनाएको हतियार पड्कन गई घाईते
————
वैशाख १५ गते राती १० बजेतिर बाँकेको राप्तिसोनारी गाउँपालिका ५ चाचरफर्का बस्ने १६ वर्षिय सचिन थारुले युट्यूब हेरी काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजीमा राखेको र निकाल्ने क्रममा पड्कन गई दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा गाडिन गई घाईते भएको ई.प्र.का. बैजापुर बाँकेमा खबर प्राप्त हुनासाथ प्रहरी टोली गएर उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगंज बाँके पठाईएको , उनको अबस्था सामान्य रहेको र हतियार प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
YouTube मा हेरी आफैले बनाएको हतियार पड्कन गई घाईते
