प्रहरीलाई सुचना प्राप्तः–
मिति २०८०।१२।१८ गते अ.१५;३० बजेको समयमा मलंगवा बजारमा अबैध हुण्डी कारोवारको रकम ओसार पसार भई रहेको भन्ने समेत व्यहोराको सुचना प्राप्त ।
प्रहरीद्धारा गरीएको कारवाहीः–
सुचना प्राप्त हुन साथ यस कार्यालयबाट प्र.नि.सविन कुमार कार्कीको कमाण्डमा आवश्यक प्रहरी टोली परिचालन गरीएको ।
प्रहरी टोली जिल्ला सर्लाही मलंगवा न.पा.९ स्थित सडक खण्डमा पुग्दा ऐ. न.पा.३ बस्ने अलि हुसेनको छोरा अं.बर्ष २४ को कमर राजा शंकास्पद अवस्थामा कालो रंङको झोला पिठ्यूमा बोकी हिड्दै आएकोले शंका लागि रोकी निजले बोकी राखेको कालो रङको झोला खोली हेर्दा झोला भित्रबाट नगद ने.रु.१०००।–दरको नोट एक हजार थान गरि जम्मा ने.रु.१०,००,०००।–(दश लाख) र लक्ष्मी सनराईज बैंक लि.को ९,९०,०००।– जम्मा गर्ने २ वटा भौचर समेत फेला परेकोले उक्त रकम कहाँबाट ल्याएको भनि निजलाई सोधपुछ गर्दा निजले ऐ.न.पा. ३ बस्ने अं.बर्ष ४० को आरिफ अंसारीले संचालन गरेको फोन सिटी मोबाईल पसलबाट ल्याएको भनि खुलाएको ।
निज कमर राजालाई उक्त नगद सहित नियन्त्रणमा लिई निजलाई साथमा लगि ऐ. वडा नं. ९ स्थित आरिफ अंसारीले सञ्चान गरेको फोन सिटी मोबाईल पसलमा कानुन बमोजिम खानतलासि गर्दा पसल भित्र रहेको र्योकको तल खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टीक भित्र लुकाई छिपाई राखेको ने.रु.१,०००।– दरको नोट १४५४ (एक हजार चार सय चौवन) थानमा जम्मा ने.रु.१४,५४,०००।–(चौध लाख चौवन हजार), ने.रु. ५००।– दरको नोट ६२२( छौ सय बाईस) थानमा जम्मा ने.रु.३,११,०००।–(तिन लाख एगारह हजार), ने.रु.१००।–को दरले नोट १०९ (एक सय नौ) थानमा जम्मा ने.रु.१०,९००।–(दश हजार नौ सय), ने.रु.५०।– को नोट १ थान, ने.रु.२० ।– को नोट १ थान गरि ने.रु.१७,७५,९७०।– (सत्र लाख पचहतर हजार नौ सय सतरी) गरि जम्मा ने.रु.२७,७५,९७०।–(सताईस लाख पचहतर हजार नौ सय सतरी) फेला परेकोले सो रकम पनी बरामद गरीएको ।
सो पसल संचालकको बारेमा बुझ्दा निज पसल सञ्चालक आरिफ अंसारी ऐ. लालबन्दी न.पा. ७ स्थित रहेको निजले संचालन गरेको फोन सिटी मोबाईल पसलमा रहेको भनि सूचना प्राप्त हुन साथ निज आरिफ अंसारीलाई सोहि स्थान बाट नियन्त्रणमा लिई उक्त बरामद रकमको बारेमा सोधपुछ गर्दा बरामद रकमको श्रोत खुलाउन नसकेको ।
बरामद रकम हुन्डि कारोबारमा प्रयोग हुने रकम हुन सक्ने भएकोले निज कमर राजा र आरिफ अंसारी समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
श्रोत नखुलेको रकम सहित हुण्डी कारोबार गर्ने दुई जना पक्राउ
