अपरान्ह रोडियोलोजी विभाग अन्तर्गत सिटि स्क्यान सेन्टरबाट सुरु भएको आगलागी रोडियोलोजी विभाग भरी फैलिएको छ । आगलागी नियन्त्रणको लागी नेपालगन्ज उपमहानगर पालिकाको दमकलले निभाउने प्रयास गरीरहेको छ ।
त्यस्तै स्थानिय र नेपाल प्रहरीले पनि आगो निभाउने प्रयास गरिरहेका छन । विद्युत सर्ट भइ आगोलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको क्षतिको विवरण आइसकेको छैन ।
बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी
