प्रहरी हुँ भनि लुटपाट गर्ने २ जना व्यक्ति पक्राउ

प्रहरी हुँ भनि लुटपाट गर्ने २ जना व्यक्ति पक्राउ
मिति २०८०/१२/०२ गते अं.१०:०० बजेको समयमा का.जि. गो.न.पा. ५ यज्ञमार्टको क्याफेमा चिया खाई बसिरहेका जि. सप्तरी राजबिराज न.पा. ५ स्थाई घर भई हाल का.जि. गो.न.पा. ५ नयाँ बस्ती बस्ने बर्ष २४ का बिजय गोइतलाई, हामी सिभिल प्रहरी हौं, तपाईले सुनको अबैध कारोबार गर्नु हुन्छ भन्ने हामीलाई सूचना आएको छ भनि बिजय गोइतलाई चेक जाँच गरी निजको साथमा रहेको नगद रु ४० हजार र निजको कोठामा गई सुनको रिङ ( १८ ग्राम ) थान १ र सोको बिल समेत लुटपाट गरी फरार रहेका निम्न व्यक्तिहरुलाई मिति २०८१/०१/२ गते का.जि. गो.न.पा. ६ नयाँ बस्तीबाट पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
क) पक्राउ परेका व्यक्तिहरु:-
१. जि. काभ्रे, तिमाल गा.पा. ७ स्थाई घर भई का.जि. गो.न.पा. ६ नयाँ बस्ती बस्ने सन्देश तामाङ ।
२. जि. काभ्रे, रोशी ३ घर भई बस्ने बर्ष ३१को हिरा लाल तामाङ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *