मिति २०८०/१२/१३ गते बेलुका २१:०० बजेदेखि २२:०० बजे बीचको समयमा लुटपाटमा संलग्न २ जना व्यक्तिहरु पक्राउ, का.जि.बु.न.पा – १२ कपन दुर्गा मन्दिर नजिक बा २ ज ३५९८ नम्बरको ट्याक्सि चालकलाई कुटपिट गरी निजसंग भएको oneplus 7t मोवाइल थान – १, नगद रु १८०००, घडि थान – १, ब्लु बुक थान – १ HP 15 laptop थान – १ र रातो कलरको वालेट थान – १ लुटेर भागेको वारदातको अनुसन्धानको सिलसिलामा मिति २०८०/१२/१६ गते बसुन्धारा चोकबाट निम्नलिखित व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको ।
क) पक्राउ परेका व्यक्तिहरु:-
१. का.जि. का.म.न.पा. तार्केश्वर न.पा.- ६ बस्ने वर्ष २७ को प्रशान्त जंङ्ग कार्की ।
२. का.जि. का.म.न.पा. बुढानिलकण्ठ न.पा. २ बस्ने वर्ष ३४ को राजु गुरुङ ।
Source : District Police Range Kathmandu
लुटपाटमा संलग्न २ जना व्यक्तिहरु पक्राउ
Free person with handcuffed in prison public domain people CC0 photo.