तीज
तीज

तीज : महत्व ,सांस्कृतिक प्रभाव , दर खाने दिन र छमछमी नचाउने 10 राम्रा गीतहरू :

तीज

 

 

 

तीज पर्व नेपाल तथा नेपाली महिलाहरूका लागि विशेष दिन पर्व रहेको छ।

यस पर्वमा महिलाहरूले व्रतबसी शिवपार्वतीको पूजा गरी तीजको  गीतहरू गाई आफ्नो मर्म पोख्दै नाचगान गर्ने गरिन्छ। तीजको गीतहरू तीज पर्वको अभिन्न अङ्ग हुन् । तीजको गीतमा महिलाहरूले आफ्नो भावना, संघर्ष ,खुसी , दुःख, माइतीको याद तथा आफ्ना समस्या र मनोरञ्जन गर्ने खालको शब्दभाव मिसाइएको हुन्छ।

तीजको महत्व :

हिन्दू महिलाहरूले मनाउने तीज पर्व जसलाई हरितालिका तीज पनि भनिन्छ। यो पर्व प्राय असारको रोपाई सकिसकेपछि साउनमा रमाइसकेपछि भाद्रमा पर्ने गर्दछ । यो पर्वमा भगवान शिव र पार्वतीको पूजा आराधना गरिन्छ। परापूर्व कालमा पार्वतीले शिव भगवानलाई पाउनको लागि निराहार व्रत बसेको र महिलाहरूले पनि व्रत बस्दा शिवजी जस्तो वर पाउने मान्यता छ। महिलाहरूले आफ्नो दाम्पत्य जीवनमा माया स्नेह सुखियाली बढाउनको लागि यस दिनमा व्रत बस्ने गरिन्छ , साथै अविवाहित महिलाहरूले राम्रो वर पाउनको लागि व्रत बस्ने गरेको विश्वास गरिन्छ। हरितालिका तीजको अघिल्लो दिन दर खाने चलन रहेको छ। तीज पर्वले नेपाली महिला हरुलाई आफ्नो सुखदुख रमाइलोपल जिन्दगीको क्षण आफ्नो माइती गाउँ बाबाआमा संगीतको आडमा सम्झिने अवसर प्रदान गर्दछ। अघिल्लो दिन दर खाइसकेपछि भोलिपल्ट अथवा हरितालिका तीजको दिन महिलाहरूले केही नखाई निराहार व्रत बस्ने चलन छ।

तीजको सांस्कृतिक प्रभाव :

तीजले नेपाली समाजमा परापूर्व कालदेखि एकदमै गहिरो प्रभाव पारेको देख्न सकिन्छ। यस दिनमा तीजको गीतहरू गाएर महिलाहरूले आफ्नो भावना व्यक्त गर्दछन् जसले समाजमा भएका असमानताहरूलाई सामाजिक रूपमा उजागर गर्ने गर्छ। समय सँगसँगै नेपाली बजारमा उश्रिङ्खल, उत्तेजित तथा सामाजिक रूपमा सुन्न नसकिने किसिमका गीतहरू पनि बाहिरिएको छ। जसले तीजको महत्व तथा नयाँ पुस्ताहरूले हेर्ने नजर नकारात्मक पक्षतिर गएको पाइन्छ। यस्तै भिडबाडमा नयाँ गानाहरू तथा पुराना गानाहरू नकारात्मक मात्र नभई सकारात्मक पक्षमा पनि आधारित छन्। जसले महिला सशक्तिकरणको शक्तिलाई उजागर गर्न मद्दत गरेको छ।

दर खाने दिन :

हरितालिका तीजको अघिल्लो दिन दर खाने चलन रहेको छ। विशेषगरी बिहे भइसकेको छोरी चेलीबेटी दिदीबहिनी फुपु सन्तान हरूलाई माइत बोलाई थुप्रै किसिमको मिठो खाना खुवाउने चलन यस दिनमा छ । पछिल्लो समय नेपाली समाजमा दर खाने दिनभन्दा लगभग एक हप्ता अगाडिदेखि नै दर खाने चलन बढिरहेको छ। दर खाने दिनमा प्राय खाजा भात खिर तथा मासु मिष्ठान्न खाएको पाइन्छ। दर खाने दिनले पारिवारिक सद्भाव बढाउने गरेको पनि पाइन्छ।

दर खाने दिनको लागि सल्लाह सुझाव :

दर खाने दिनमा सकेसम्म स्वच्छ खाना खाने, धेरै नखाने, चिल्लो नखाने, पारी खाना नखाने र पोसिलो खाने कुराहरू जस्तै दुध दही लियो खानु भने डाक्टरले सल्लाह सुझाव दिने गर्दछन् ।

10 छमछमी नाच्ने गीतहरू :

तीजमा पछिल्लो समय निकै राम्रा तथा परम्परागत मिठास र आधुनिक संगीत को उत्कृष्ट मिश्रण देख्न सकिन्छ। यी तीज गीतहरूले महिलाहरूको मनछोई युट्युब लगायत सामाजिक सञ्जालमा उल्लेखनीय मात्रामा views पाउन सफल भएका छन्। हामी कुरा गर्दैछौं पछिल्लो समय बजारमा निस्केका १० छमछमी नचाउने तीजका गीतहरू।

1. कर्मैले घुमायो :

टिकापुन र यज्ञकुमार गिरीको स्वरमा रहेको यस गीत एक वर्ष पहिले नेपाली बजारमा निस्केको थियो। उक्त गीतमा २७ लाख युज रहेको छ। जसमा आफ्नो भाग्यलाई लिएर मार्मिक शब्दहरूका साथ बनाइएको छ।

2. : आइन आमा यो तीजमा :

विष्णु माझीको स्वरमा रहेको उक्त गाना ले महिलाहरूको भावनात्मक सङ्घर्ष लाई प्रस्तुत गर्दछ जसमा नारीले माइता आउन नपाएको गुनासो गरिरहेकी छिन्। यो गीत सुन्दरमणि अधिकारीको रचना हो।

3. घन्किदे मादलु : सुमित्रा कोइरालाको स्वरमा रहेको गीत घन्किरी माधुलो करिब तीन वर्ष पहिले युट्युबमा अपलोड भएको थियो। जसमा 1.1 करोड भन्दा धेरै भिुज प्राप्त गरेको छ। गीता ढुङ्गाना र बिना राउतको नृत्य रहेको गीतमा रमाइलो तरिकाले तीजमा नाच्ने कुरा गरिएको छ।

4. बाबैले दिएनी टाढा : देवी घत्रीको स्वरमा रहेको बाबैले दिएनी टाढा बोलको गीत कुमार कार्कीले लेखेका छन् । आफ्नो माइती घर टाढा रहेको बेथा पुग्दै एको उक्त गीतमा लक्ष्मीगिरीको नृत्य प्रस्तुत गरिएको छ।

5. मै लुरी : पशुपति शर्माको स्वर र नृत्य रहेको मैलुरी बलको गाना युट्युबमा पछिल्लो समय चर्चामा रहेको छ। एक महिना पहिले अपलोड गरेको उक्त गानामा साठी लाख भन्दा बढी भ्युज रहेको छ। पशुपति शर्मा र प्रिया भण्डारीको स्वर मिश्रित गाना पशुपति शर्मा आफैले लेखेका हुन् । युवा युवती माझ रमाइलो झल्किने किसिमको गीत पशुपति शर्माले करिब एक महिना पहिले आफ्नो युट्युब च्यानलमा अपलोड गरेका थिए।

6. थोरै थोरै लाज :
शान्ति श्री परिवारले गाएको गानामा अन्जली अधिकारीको मुख्य भूमिका रहेको छ। गाना युवा युवतीको माझमा चर्चित हुने क्रममा छ।

7. काली पसम कि :
शान्तिश्री परिवारले गाएको गीत कालीपसमकी युट्युबमा ६२ लाख दर्शकले हेरिसक्नुभएको छ। उक्त गीतमा नृत्य प्रस्तुति स्मारिका ढकाल र जोन बम खत्रीको छ । आमा र छोरीको सम्बन्धलाई लिएर बनाइएको गीत भावुक रूपमा प्रस्तुत गरिएको छ।

8. छमछमी नाचौन : रेखा शाहले गाएको छमछमी नाचौन बोलको गीतमा नृत्य भने प्रियंका कार्की, कविता नेपाली र स्व: रेखा शाह रहेका छन्। 3 हप्ता पहिले रेखा शाहको युट्युब च्यानलबाट अपलोड भएको उक्त गीतलाई करिब 12 लाख 50 हजार जना ले हेरेका छन् । तीजमा साथी हरु भेट भएकाबेला रमाइलो गर्नु पर्छ भन्ने सन्देश दिएको गीतमा lyricist चाहिँ टेकेन्द्र नेपाली र होम न्यौपाने छन् ।

9. तीजको बेला भेट भयो : सिन्धु मल्लको स्वरमा रहेको तीजको बेला भेट भयो बोलमा रहेको गीतले तीजमा गर्ने रमाइलोको बारेमा प्रस्तुत गर्न खोजेको छ। उक्त गीतमा आश्मा विश्वकर्मा र कञ्चन बस्नेतको मुख्य नृत्य भूमिका रहेको छ।

10. तीजको रहर आयो बरिलै :
करिब ११ वर्ष पहिले युट्युबमा अपलोड गरिएको यो भिडियो ले लाई करिब २.९ करोड व्यक्तिले हेरेका छन् । तीज कार्यक्रममा प्राय घन्किने गीत र समाजमा महिलाहरूले एकदमै मन पराएको करिश्मा मानन्दर नितृत गीत हो यो। पुग्छ गीतमा स्वर मञ्जु थापाको रहेको छ।

https://www.youtube.com/watch?v=ooMeMvww2oA&pp=ygUz4KSk4KWA4KSc4KSV4KWLIOCksOCkueCksCDgpIbgpK_gpYsg4KSs4KSw4KS_4KSy4KWI

अन्तिम भनाइ:

सधैँ झैँ यो वर्ष पनि तीज भव्य रुपमा मनाइरहेको छ। २०८१  सालका गीतहरूले परम्परागत तथा आधुनिकताको मिश्रणलाई प्रस्तुत गर्दै अगाडि बढेका छन् । तीज पर्वका गीतहरू लाई केवल मनोरञ्जनको रुपमा नलिई हाम्रो सांस्कृतिक सम्पत्तिको रुपमा हेर्न आवश्यक छ। व्यापार बिजनेसको रुपमा भन्दा पनि तीजलाई महिलाहरूको आवाज सशक्त बनाउन उनीहरूको भावना उजागर गर्न को लागि भूमिका खेल्न आवश्यक देखिन्छ।

तीजको शुभकामना

Also Visit : G  Media Nepal

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *