क्रिप्टो माइनिंग काण्ड: कीर्तिपुर र भक्तपुरका दुई पक्राउ

काठमाण्डौ – क्रिप्टो माइनिंगको आरोपमा कीर्तिपुरका ४० वर्षीय विश्वास गुरुङ र भक्तपुरका २५ वर्षीय राजेन्द्र ताहामता पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधवार भक्तपुरको सानोठिमी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सूत्रका अनुसार, सीआईबीले क्रिप्टो माइनिंगको सूचना पाएपछि अनुसन्धान थालेको थियो। जानकारी अनुसार, सीटीईभीटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सनको भवनमा रहेको आईटी ल्याबमा अवैध क्रिप्टो माइनिंग भइरहेको थियो। प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा क्रिप्टो माइनिंग एप्लिकेसनहरू सक्रिय रहेको पुष्टि भयो।

पक्राउ परेका गुरुङ र ताहामताको साथबाट सबै डेस्कटप र सर्भर प्रणाली बरामद गरिएको छ। सीआईबीले जानकारी दिएअनुसार, मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट १४ दिनको म्याद लिएर अनुसन्धान कार्य भइरहेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *