वैदेशिक रोजगारीको नाममा ठगी, तीन सयभन्दा बढी व्यक्तिलाई ठग्ने गिरोह पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगीको घेराबन्दी, तीन सयभन्दा बढी व्यक्तिलाई ठग्ने गिरोह पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहको घेराबन्दी गर्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिकलाई विदेश पठाउने भन्दै ठगी गर्ने आरोपमा पक्राउ गरिएका हुन्।

यी ठगी गर्नेहरुले विगत ३/४ वर्षयता ३ सय जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।

उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ। प्रहरीले यस घटनाको अनुसन्धान जारी राखेको छ।”

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *